मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको हो ।
















