प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही नभएकै हो त भनेर प्रश्न गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशमा नराम्रो मात्रै नभएको भन्दै यस्तो प्रश्न गरेका हुन् । एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ? ’
नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।गरेका उनले सकिंदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको टिप्पणी गरे । नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए । लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले भने, ‘८० वर्षमा नभएको काम एक वर्षमा भएको छ ।’भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उनले यो ऐतिहासिक भएको पहिलेझै दोहोर्याए ।

















