साझेदारी गर्नुहोस्

त्यसैगरी उनी गलैंचाको हिस्सा भने ७.३ प्रतिशत रहेको छ। फलाम र स्टिलका उत्पादनको हिस्सा भने ६.९ प्रतिशत रहेको छ। सोयाबिन तेल ५.४ प्रतिशत र अलैंची ५.३ प्रतिशत रहेको छ। तयारी पोसाक तथा एक्सेसरिज ४.९ प्रतिशत, जुसको हिस्सा भने ४.२ प्रतिशत रहेको छ। त्यसैगरी ऊनी फेल्टको सामान भने ३.३ प्रतिशत रहेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने खालका नीतिलाई अक्षरशः कार्यान्वयन गरेर विदेश निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्ने बताए।

 

‘सरकारले स्वदेशमा उत्पादन हुने वस्तुको उत्पादन लागत र उत्पादकत्व बढाउने खालको काम गर्न आवश्यक देखिन्छ,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने विशेष खालका वस्तु उत्पादन गरेर निर्यातको दायरा अझै फराकिलो बनाउन आवश्यक देखिएको छ। नेपालले आर्थिक वर्ष २०७९/८० मा आयात गर्ने प्रमुख १० वस्तुमा सबैभन्दा धेरै हिस्सा पेट्रोलियम पदार्थको रहेको छ। त्यसको हिस्सा १९.२ प्रतिशत, फलाम र स्टिलका उत्पादन १०.४ प्रतिशत, मेसिनरी र पार्ट ६.३ प्रतिशत रहेको छ। विद्युतीय सामग्रीको हिस्सा भने चार प्रतिशत रहेको छ। अन्न ३.५ प्रतिशत, यातायातका साधन ३.२ प्रतिशत, औषधी भने २.८ प्रतिशत रहेको छ। सुनको आयात २.७ प्रतिशत, मलको आयात २.५ प्रतिशत र दूरसञ्चारको २.३ प्रतिशत आयातको हिस्सा रहेको छ। गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातमा ७.३ प्रतिशतले ह्रास आएर तीन खर्ब नौ अर्ब ७० करोड रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसैगरी गत आवमा फलाम तथा स्टिल र तिनको उत्पादनको आयातमा पनि ९.८ प्रतिशतले गिरावट आएको छ। गत आवमा एक खर्ब ६७ अर्ब रूपैयाँको फलाम तथा स्टिलका उत्पादनको आयात भयो। सोही आवमा मेसिनरी तथा पाट्र्समा ३०.१ प्रतिशतले ह्रास आएर एक खर्ब रूपैयाँमा सीमित भएको छ। त्यसैगरी सुनको आयात पनि २.८ प्रतिशतले ह्रास आएर ४३ अर्ब ९० करोड रूपैयाँमा सीमित भएको छ।