साझेदारी गर्नुहोस्

नेपालगन्जबाट काठमाडौँका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ। नवलपरासी पूर्वको देवचुली-१४ दलदलेमा आज बिहान करिब ५ बजेतिर भे १ ख ४१२८ नम्बरको उक्त बस दुर्घटनामा परेको हो। गाडीमा सवार चारजना घाइते भएका छन्। उक्त बसमा ४० जना यात्रु सवार थिए।