साझेदारी गर्नुहोस्

काठमाडौं ।  माया पिरतीमा सानो तिनो कमजोरीले पनि एकअर्का प्रतिको दूरी बढाउने गर्दछ जुन दूरीले मनमा भने उथलपुथल ल्याउने गर्दछ । छोडेर जाने त सजिलै जान्छन् तर जसले स्वच्छ माया गरेको छ उसको लागि यो विछोड पिडादायी हुने गर्दछ । उसको जीवनमा उसलाई माया गर्ने अरु कोहि थिएन, उनैको माया उसको लागि सर्वोपरी थियो, उनैको मायामा उ रमाएको थियो, हराएको थियो उनैको मायाको सरोवरमा उ चुलुम्म डुवेको थियो । उसको लागि यति प्रेमिल उनले एकाएक साथ छोड्दा उसको मन कति विह्ल भयो होला ? उनको खुसीको लागि उसले आँसु पिएको थियो, सुख उनको लागि सुम्पिएर दुःख, पिडा, विरह र वेदना आँफूले लिएको थियो, हत्केलामा मुटु झिकेर उसले उनलाई उपहार दिएको थियो ..आफन्त र समाजमा उनको लागि उ एक्लै भिडेको थियो …जे गर्नु पर्ने सव उसले गरेको थियो र पनि उनले उसलाई छल गरिन्, उनी संग टाढिइन्, अर्कै बाटो मोडिइन् ।

 

 

झगेन धिमालको शब्द, विगत दुई दशक देखि नेपाली गीत संगितमा सक्रिय गायक नारायण थापाको स्वर, सौगात जंग थापाको संगीत, बिशाल निरौलाको एरेन्ज , रन्जन राईको मिक्सिङ मास्टरिङ मा अन्तै माया साटयौ बोलको गीत सौगात क्रियशन युट्युब च्यानल मार्फत बजारमा आएको छ जुन गीतले यस्तै पिडादायी भाव बोलेको छ । इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेल संगको विशेष कुराकानीमा ‘अन्तै माया साट्यौ ‘ गीतको चर्चा गर्दै गायक नारायण थापाले यो गीत गीतकार झगेन धिमालको आफ्‌नै जीवनमा मेल खाने गीत भएको बताएका छन् ।

 

‘अन्तै माया साट्यौ’ मा प्रेममा पाएको धोखालाई कलात्मक ढंगले सम्बोधन गरिएको छ ।  टेलि चलचित्र गाउँ फर्कको शीर्ष गीत गाउँ फर्क, सोेह्रै श्रृङ्गार तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई लगायत करिब पाँच दर्जन भन्दा बढि गीतमा स्वर दिएका गायक थापाको अजम्बरी – २०७२, परिवेश -२०७७, आकर्षण-२०७९ जस्ता तीन एल्बम बजारमा आईसकेका र चौथो एल्बम आभुषणको तयारीमा रहेको छ ।