स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।
लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।
यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।
१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र ! भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”
उहाँजस्तै कुवेत जान श्रम हिँड्नुभएका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको जानकारी दिनुभयो । भिसाको म्याद पनि सकिँदै छ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, उहाँले निराश हुँदै भन्नुभयो, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”
रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र ! त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर ।
गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झन्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ ।
गत असारदेखि असोजसम्म १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । दशैँ, तिहारको समयमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ, उहाँले भन्नुभयो, “कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुनसक्छ । ”
वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोजमा मात्रै आठ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा दुई हजार ४९४, साउनमा दुई हजार ९७९ जना र भदौमा एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए ।
सो कार्यालयका अनुसार असोजमा श्रम स्वीकृति लिएकामध्ये सात हजार ६७६ पुरुष र ४२१ महिला छन् । चार हजार ५०५ जनाले पुनः श्रम स्वीकृति, ४०१ जनाले वैधानीकरण गरेर र ५१६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।
असोजमा वैदेशिक रोजगारीमा जानलाई श्रम लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि दुई हजार ८३१ जना छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई)का लागि दुई हजार ६५१ जना, कतारका लागि एक हजार ३५१ जनाले श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
दशैँमा पनि विदेशिने बढ्दै
फोटो : o'PO{af6 p4f/ ul/Psf g]kfnL
sf7df8f}F @# h]7 M lqe'jg cGt//fli6«o ljdfg:yndf z'qmaf/
sf]le8 !(Ú efO/;sf] dxfdf/Lsf sf/0f o'PO{af6 p4f/ ul/Psf g]kfnL . pgLx?nfO{ sf7df8f}F, nlntk'/ / eQmk'/sf] xf]lN8ª ;]G6/df /flvPsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;






















