त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनायो । पुछारका ब्याटर एकपछी अर्को गर्दै आउट भए नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो । ३.३ ओभरमा ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरे । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हाले। आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हाने ।गुल्शन झाले २५ बलमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
त्रिकोणात्मक टी–२० आई: नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य
















