साझेदारी गर्नुहोस्

गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले अघिल्लो सरकारमाथी निशाना सांधेका हुन । भगाएको मान्छेलाई खोज्न समय लाग्ने उनले प्रतिक्रिया दिए । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले भने, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि !’