जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९ सय ७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५सय १ घरधुरीका १ लाख ७९ हजार ८ सय ९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १ सय ८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।
















