साझेदारी गर्नुहोस्

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोही नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाको सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो