साझेदारी गर्नुहोस्

आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । जबराविरुद्ध दर्ता भएको महाअभियोगमा संसद बैठकमा छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास पास गरेका हुन् । समितिमा पठाउनु अघि आज बसेको संसद बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल भएको थियो । जसमा सरकार र प्रतिपक्षी सांसदहरुले आ आफ्ना तर्क राखेका थिए  जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।