चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी निर्माण गर्ने भएको छ । कम्पनीले नेपालको कोशी एनके मोटर्ससँग मिलेर विद्युतीय गाडी उत्पादन गर्ने याेजना ल्याएकाे हो ।

राजधानीमा आयोजित लगानी सम्मेलनको अन्तिम दिन सोमबार दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पहिलो चरणमा गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ लगानी हुनेछ ।
















