दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘प्रकाश’ ले शनिबार उत्साहजनक व्यापार गरेको छ । शुक्रबार कम शोज पाएको चलचित्रले शनिबार बढेका शोज संगै राम्रो व्यापार गरेको छ। शनिबार राजधानीका अधिकांश मल्टिप्लेक्स हाउसफुल छन् भने राजधानी बाहिर पनि ८० प्रतिशत बढी अकुपेन्सी रहेको छ। माउथ पब्लिसिटी राम्रो भएपछि शनिबार दर्शकको साथ चलचित्रले पाएको हो। कबड्डी ४ पछी दर्शकको उल्लेख्य उपस्थिति भएको चलचित्र प्रकाश रहेको सुन्धाराको सिभिल मलमा रहेको क्युएफएक्सका म्यानेजर शंकर नेपालले जानकारी दिएका छन्। महेन्द्र अधिकारीको निर्माणमा बनेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी लगायतका कलाकारको अभिनय रहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
चलचित्र ‘प्रकाश’ मिल्दैछ दर्शक को साथ

















