साझेदारी गर्नुहोस्

बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

पौडेलको हात र अनुहारमा चोट लागेको छ ।

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

घाइते पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौँ, कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।