साझेदारी गर्नुहोस्

 जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बिहान साँढे १० बजेदेखि सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।गत आइतबारदेखि सुरु अन्तिम सुनुवाइमा आज पनि वादी पक्षका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सुनुवाई हेर्दाहेदैमा राखिएको हो ।भोलि पनि वादी पक्षका कानुन व्यवसायीबाट नै बहस बहस सुरु हुनेछ । वादीका पक्षको बहस सकिएपछि भोलि क्रिकेटर लामिछानेका कानुन व्यवसायीहरूले बहस  गर्नेछन् ।