कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बबई क्याम्पसका प्रमुख विनोद अग्रवालको निधन भएको छ। अग्रवालको शनिवार दिउसो भेरी अस्पताल ल्याउँदै गर्दा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई दिउँसो नेपालगन्जको भेरी अस्पताल लैजानेक्रममा मृत्यु भएको हो। बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ७ घर भएका ५० वर्षीय अग्रवालले फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए। गणित विषयका सहप्राध्यापक अग्रवाल करिब एक दशकदेखि क्याम्पस प्रमुखका रुपमा कार्यरत थिए। असोज ७ गते कोरोना संक्रमण देखिएपछि उनी घर मै आइसोलेशनमा बसेका थिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु
















