साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिका क्षेत्रमा तिहारका बेला प्लास्टिकका फूल बेच्न नपाइने भएको छ । तिहारका लागि भनेर पसलमा प्लास्टिकका फूल बेच्न राखिए जफत गरिने पनि महानगरले जनाएको छ ।

महानगर प्रहरीले तिहार र छठमा घर, पसल सजाउन प्रयोग हुने प्लास्टिकका विभिन्न फूल, माला तथा सजावटका सामान किनबेच नगर्न अनुरोध गरेको छ । महानगर प्रहरीले फेसबुक पेजमार्फत पनि सूचना सार्वजनिक गरेको छ । महानगर प्रहरीद्वारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका यस्ता प्लास्टिकजन्य सजावटको सामान बिक्री-वितरण गरेको पाइएमा जफत गरिनेछ ।’