काठमाडौँको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने बाग्मती सडकको अनुगमन गरिएको छ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल ,नेता उद्धव भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरु द्वारा उक्त सडकको अनुगमन गरिएको हो ।
बिहीबार बिहान भएको उक्त अनुगमन कार्यक्रममा बाग्मती किनाराको गोकर्ण बाँध देखि दक्षिण ढोका पुल सम्मको एक किलो मिटर सडकलाई छिटो कालोपत्रे गर्न दबाब दिइएको छ । लामो समयदेखि धुलो धुवाँको कारण सास्ती खेप्दै आएका जनसमुदायको पिर मर्कालाई मध्य नजर गर्दै सडकलाई छिटोछरितो व्यवस्थित गर्न दबाब दिइएको हो ।


बाग्मती सौन्दरिकरणको अभियानलाई तिव्रता दिदै दिगो रोजगार मुखी सम्पदामैत्री हरित विकासको अवधारणालाई मुर्तरुप दिन सबैभन्दा पहिला सडकको धुवाँ धुलो र दुर्गन्ध हट्नुपर्नेमा नेताहरुको जोड छ । नागरिकहरुको जनजीवनलाई सहज बनाउनुका साथै उनीहरुको सुख र समृद्धिका लागि सबै सरोकारवाला निकाय र नेतृत्वमा रहेका व्यक्तिहरु एकजुट भएर काम गर्नुपर्ने भन्दै अनुगमनमा रहेका नेता रामेश्वर फुयालले झिलिमिली बाग्मतिको सपना पूरा गर्न आफू अहोरात्र खटिएको बताए । केहिदिन यता सडक विस्तारको कामलाई तिव्रता दिएर बाग्मती सौन्दरिकरणको अभियानलाई सफल पार्न भन्दै नेता तथा कार्यकर्ताहरुका साथै जनप्रतिनिधिहरु समेत सक्रिय भएर लागेका छन् ।

गत शुक्रबार पनि सोही क्षेत्रको सडक अनुगमनका लागि नेकपा एमालेका पोलिट्व्युरो सदस्य कृष्ण राई , संविधान सभा सदस्य तथा बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल , प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठ , गोकर्णेश्वर नगरपालिकाकि उप-प्रमुख सन्नानी लामा लगायतका व्यक्तिहरु उपस्थित भएका थिए ।
सडक अनुगमनका क्रममा स्थलगत भ्रमणमा रहेका नेता रामेश्वर फुयालले धुलाम्मे र हिलाम्मे सडकका कारण जनताले सास्ती भोग्दै आएको भन्दै छिट्टै कालोपत्रे गरिनुपर्ने बताएका थिए । यस्तै उनले अनधिकृत रुपमा बाटोलाई मिचेर बनाएका संरचनाहरु समेत हटाउन आग्रह गरेका थिए । यस्तै, अनुगमनका क्रममा त्यहाँ पुगेका नेता कृष्ण बहादुर लाइले विकास निर्माणमा कामहरूमा जनताले बाधक बन्न नहुने बताएका थिए । विकास भइरहेका बेला विभिन्न बहाना गरि काममा अवरोध गर्ने खालका गतिविधिहरु नगरेमा निर्माण व्यवसायी संघलाई चाडैं नै दबाब दिने बताएका थिए ।

यस्तै, गोकर्णेश्वर नगपालिकाकी उप-प्रमुख सन्नानी लामाले आफूहरूले जनताको पिर मर्का बुझिरहेको र बाग्मती किनारको सडकलाई छिट्टै कालोपत्रे गर्न पहल चाल्ने बताएकी थिइन । आफूहरू विकास निर्माणका काममा सक्रिय भएर लागेको बताउदै उप-प्रमुख लामाले गोकर्णेश्वरको विकासका आफू जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताइएकि थिइन । शुक्रबार भएको नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको अनुगमन लगत्तै सडक धमाधम कालोपत्रे हुन थालेको छ ।
















