साझेदारी गर्नुहोस्

अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ कर्मचारीहरूलाई आज मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।‘करदातालाई अनुचित ढङ्गले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौँ’, उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’