साझेदारी गर्नुहोस्

 नेकपा एमाले केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार बस्ने भएको छ। भोलि बस्ने बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने पहिलो एजेण्डा छ। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने एजेण्डा छ। पार्टीका संगठित सदस्यहरूको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र आयोगको प्रतिवेदन पेस, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको छ। आज बिहीबार बसेको पोलिटब्यूरो बैठकले उक्त एजेण्डा तय गरेको हो।