नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताउनुभएको छ । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भएमात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउने बताउनुभएको हो ।
उहाँले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाइ भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गर्नुभयो । एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताउनुभयो । उहाँले एमालेले कृषि र सिँचाइमा बढी जोड दिएर काम गरिरहेको पनि बताउनुभयो ।
















