साझेदारी गर्नुहोस्

इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङको अग्रता बढेर ५ हजारमाथि पुगेको छ ।

पछिल्लो पटक देउमाई नगरपालिका वडा नम्बर -२ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सकिएको छ । ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिका-१ र २ को परिणाम आइसक्दा सुहाङले ५३ सय ३ मतको अग्रता बनाएका हुन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १४ हजार ६१३ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३१३ मत ल्याएका छन् । यी दुईको अन्तर बढेर ५ हजार नाघेको हो ।