साझेदारी गर्नुहोस्

माघ २९ – बिहीबार सुनको मूल्य घरेलू बजारमा ४०० रुपैयाँले घटेको छ। फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार (फेनगोसिडा) आज हलमारक सुन ९१,५०० रुपैयाँमा बिक्री भइरहेको छ। हिजो सुनको मूल्य प्रति तोला ९१,९०० रहेको थियो। त्यस्तै तेजाबी सुनको बिक्री ९१,००० र चाँदी प्रति तोला १,३१५ मा छ।