साझेदारी गर्नुहोस्

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको दाबी गरेका छन्‌ । काठमाडौंस्थित पाँचतारे सोल्टी होटलमा सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधार (परिवर्तन)बारे पनि उल्लेख गरे ।

अर्थमन्त्री पुन लगानी सम्मेलन आयोजक नेपाल लगानी बोर्डका उपाध्यक्षसमेत हुन्‌ । सम्मेलन उद्‌घाटनसत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्धेश्य रहेको बताए ।