साझेदारी गर्नुहोस्

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याइएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा उनले आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।

बयान दिएर निस्किने क्रममा उनी आत्मविश्वासी देखिन्थे । उनलाई प्रहरीको एक समूहलाई लग्दै थियो । त्यसक्रममा एकछिन रोकिएर रविले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ बताएका हुन् ।

उनको संक्षिप्त प्रतिक्रिया थियो, ‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ । लामिछानेले पनि आफूमाथि कांग्रेस र एमालेले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेका छन् । उनले यसअघि केपी शर्मा ओली नेतृत्वमा रहेसम्म देशले सुख नपाउने टिप्पणी गरेका थिए ।