साझेदारी गर्नुहोस्

राहत !!!

– जगन्नाथ न्यौपाने

जब आकास गडगडायो, मेरो सातो गयो रातभरी मैले यो शरीर लतार्दै पाखा उक्लिए ओर्लिए मेरि घरलाइ सरापे छिमेकिको घरलाइ गालिगरे एकरात भाग्दै बाचे ।

भोलिपल्ट देखि मेरादिन धप्पक्क ब्ल्न थाले मान्छेका लास गायब भए खोज्नेका लस्कर देखिन थाले यो सुनशान मेरो गाउँ अब मेलामा परिणत भो , लास नभेटिएर सबै दुखित भए, जब लास भेटियो सबै तर्ङत र खुशी भए ओहो! लास भेटियो भन्दै कराए कोहि बोबाइलको टावर खोज्दै समाचार दिन दौडिन थाले ।

बाटो घाटो पानी पत्ती पताल भाशियो फेरि त के रमाइलो बाकिनै थियो डोजर गडडाउन थाले पाइप लतारिन थाले आखिर बाटो छिचोलियो धारा रसाउन थाले पत्ती पिलपिलाउन थाल्यो ।

दयालुका लस्कर लाग्न थाले अब पो आउन थाल्यो अशली मजा वरि पारी सबैतिर हल्ला मच्चिन थाल्यो राहत ! राहत ! आयो! आयो!

गाउले जम्मा गर , म दौडिए जाबो खुट्टा भाचिएर के हुन्छ भन्ने सोच्दै किलामा बाधेको भैसीआज खान नपाएर मच्चिदै छ तर मलाइ के राहात जो लिनु छ ।

अब तारा तृपाल हरुले पैलोले खुइल्याएको पाखो छोपिएको रहेछ पानी थाप्ने बाल्टी डोरि के के छ के के अब म यो सामानमा लडिबुडि गर्छु भन्ने सोच्दै थिए मेरो नाम आइहाल्यो ओइ ……. पिडित म खुशिले गद गद भए हात पसारे मुक्कुराए उनिहरुले मेरो रुन्छे हासो खिछे म झन मिकुराए म पिडित हु भन्ने बिर्सिए पोको बोकेर दौडिए म हत्तारमा छु अर्को लिन जानुछ घर नपुग्दै कसैले करायो राहात आयो राहात आयो !!! फेरि कुलेलाम ठोके।

राहतको गाडी खोली सकिएछ झन अहिलेत के के हो के के आप्पा पापा मेरा दिन बले बाबू साहाबको कट्टु देखि मैसावको मेटिकोट सम्म पो रहेछ बाइ ! आट गरेर अघि सरे कट्टुका कपाल टक्टकाउदै झोलामाहाले मेरो दशै सम्झिए 40 बर्ष सम्म नमनाएको दशै यसपाली मनाउन पाइने भैयो म दङ छु अब काखिका भुत्ला भएका कमिज लिन कपडाका पोखरिमा पौडी खेले बाबू सावका घुसिया जखमले शरिरका गन्धले नाक अचम्म पर्दैछ तीनका कपडा झोलामा कोच्दैछु मेरो बबुरो शरिरमा यो झघमले कमिज कसरी अड्याउने मलाइ थाहाछैन तैपनी झोला भर्दै छु ।

आ .. जेसुकै होस मेरो झोलाले भडल्लो निकाली सक्यो तरपनि म छोड्नेवाला छैन । फेरै आवाज आयि राहात !! कपडाको पोखरिबाट बाकटे हान्दै निस्किए ओ हो !! चामल त्यतै हानिए भिडलाइ कुनाले धकेल्दै अघाडी बड्छु बिडबाट बोरा काधमा हाल्दै युद्ध जितेको भावमा निस्कन्छु गाला फुलाउदै फुलाउदै खानुपर्छ भन्ने सोच्दै घरकि बुढी घरको आगान बाट हेर्दैछे मेरो पिठिउको बोरा नियाल्दैछे गालिगर्दै छे नामर्द मेरो पोइ लाछी बोरा बोकेको कस्तो सानो !!!

सोच्दै छे अब म घरको झुन्डिएको पिडिमा बोरा फाल्छु अहिले सम्म महिलो धोतिमा बेरिएकी मेरि स्वास्नी दङछे मिनेट मिनेटमा लुगा फेर्छे छिमेकिका पैरातिर दौडिन्छे बुख्याच्या जस्ती देखिएकी छे तैपनी जरौलिले ढाकिएकी छे मोरि कति राम्री आहा एकै छिन उस्लाइ हेर्छु तर म भ्याउदिन फेरि राहात राहात आवाज आउँछ दौडिन्छु पत्रकार आएछ मेरो कन्तबिजोग सोध्न थाल्यो म कुम हल्लाउदै भाशाखोज्दै सुनाउन थाल्छु छेउमा भएको अर्कोले अर्किले थप्न थाल्छ्न मेरो गाउमा आज जात्रा छ मेरो कन्त बिजोगको कथा राम्रैमुल्यामा बेचेर उस्ले सजिलै पेट पाल्छ ।अर्कोले सोध्छ परिवारका कोहि पुरिए ?

म छैन भन्छु सबै बाचेको कुरा उस्लाइ सस्तो लाग्छ उ अर्कै तिर लाग्छ मेरो कन्तबिजोगले नपुगेर मरेको लाशको पछि लाग्छ ।

सरकारी लस्कर लास परेको घरमा पुग्छ्न पैशा बाड्छ्न म पैसा नपाएकोमा दुखी हुने कि खुशी छुट्याउन सक्दिन ।

पत्रकार कसको बिजोग मजाको छ भन्दै दौडिएको छ उस्ले आज मेरो हाम्रो बिजोगको ठुलै पोको लिएर गयो बेलुका टेलिभिजनमा मेरो फोटो आयो मेरा भत्किएका घर पाखादेखायो म अब बस्तिको हिरो छु जस्तो लाग्न थाल्यो आफैलाइ टिभिमा हेर्दा मजती खुशी को होला ?

साथिलाई बोलाए टिभी खोल्न लगाए गाउनै पुरै म टिभिमा बोलेको आवाजले गुन्जिएको छ मलाइ सारा बिस्वले देख्यो म पुलकित छु ।

मेरा खुशिका सिमा छैन्न म सम्पन्न छु के छैन आज मसङ ? चामलका बोराछ्न लता कपडाछ्न तृपालको खात छ घर जावो त पुरानो थियो भत्कियोस ।

छैन त केवल यत्रो खुशी साट्ने मेरो साथी पहिरोमा पर्यो तर पनि उ पुरिएर मलाइ गुण लगाएरै गयो उ नपुरिएको भए यत्रो राहत मलाइ कस्ले दिन्थ्यो गुण लगाएरै मर्यो ।