साझेदारी गर्नुहोस्

काठमाडौं

नेपाल रेडक्रस सोसाइटीमा हाल क्रियाशील रहेका दुई समानान्तर समितिबीच समायोजन भएको छ ।

सुदर्शनप्रसाद नेपाल अध्यक्ष रहनेछन्।

पदाधिकारीका सबै दललाई भाग पुर्‍याउने गरी सहमति गरिएको छ ।

रेडक्रसमा ३३ जनाको निर्वाचित कार्यसमिति र दुई जना मनोनित गरेर बढीमा ३५ जनाको समिति हुने विधानले व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष, उपमहामन्त्री र सदस्य गरी २५ जना पद पाएका छन् ।

कांग्रेसबाट पदाधिकारी बन्नेहरुमा प्राध्यापक सुर्दशनप्रसाद नेपाल अध्यक्ष, सुरेन्द्रसिंह ऐन उपाध्यक्ष र मनोजकुमार थापा उपमहामन्त्री बनेका छन् ।

एमालेनिकट चन्द्रकला कार्की उपाध्यक्ष र एकीकृत समाजवादी निकट भूपतिलाल श्रेष्ठ महामन्त्री रहने सहमति भएको छ ।

नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।