साझेदारी गर्नुहोस्

सोमबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा २७०० विन्दु पार गरेको बजार पुन: १६०० को विन्दुमा झरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले बढेको छ । नेप्से १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा पुगेको छ ।

आज ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच भएको छ ।

१७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रि–ओपन सेसनमा ३ अंकले बढेर सुरु भएको शेयर बजार खुलेदेखि नै निरन्तर बढेको थियो । बजार बढेर ३ पटक सम्म २७०० को विन्दु पार गरेको थियो ।

तर बजार बन्द हुँदा भने नेप्से बढेर २६९० विन्दु कायम भएको हो । आज बजारमा एक पटक पनि घटेको थिएन ।