साझेदारी गर्नुहोस्

स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की ले ह्याट्रिक गरे। खेलको सुरुवातमै राफिन्हाको क्रसलाई उपयोग गर्दै लेडवाक्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

३६ वर्षीय भेट्रान खेलाडीले २२ ओ मिनेटमा ब्राजिलियन स्टार राफिन्हाकै सहयोगमा अर्को गोल गरेका हुन्।

३२ ओ मिनेटमा एरिक गार्सियाको पासमा गोल गर्दै उनले ह्याट्रिक गरे। उनले पछिल्ला ११ खेलमा कुल १२ गोल गरेका छन्।