साझेदारी गर्नुहोस्

काठमाडौं: काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ विशेष नागरिक सम्मानबाट सम्मानित भएका छन् ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले गोकर्णेश्वर नगरपालिका वडा नं. आठका वडाध्यक्ष श्रेष्ठलाई सम्मानपत्र सहित विशेष नागरिक सम्मानबाट सम्मानित गरिन् ।

सामाजिक रुपान्तरणका लागि नागरिक समाजले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा उत्कृष्ट जनप्रतिनिधिका रुपमा उनलाई सम्मान प्रदान गरेको हो ।

सम्मानित भएका वडाध्यक्ष श्रेष्ठले सम्मानका लागि नागरिक समाज तथा नागरिक क्रियशनलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

सम्मानित भएपश्चात प्रतिक्रिया दिदैं उनले यस सम्मानबाट आगामी दिनमा अझ विशेष जिम्मेवारी थपिएको बताए । उनले भने, ‘यस सम्मानले जनप्रतिनिधिका रुपमा आम नागरिकको सेवामा विगतमा झैं दत्तचित्त भएर लाग्न मलाई थप हौसला र प्रेरणा मिलेको छ ।’

शनिबार उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा आयोजना गरिएको विशेष नागरिक अवार्ड तथा स्रष्टा सम्मान कार्यक्रममा विभिन्न पेशा, व्यवसाय, कला, खेलकुद लगायतका क्षेत्रमा आवद्द रहेका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।