साझेदारी गर्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताउनुभएको छ ।

नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा सञ्चारमन्त्री गुरुङले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताउनुभयो ।

उहाँले डिजिटल नेपाल सफल पार्न महत्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधान लिन कठिनाइ भोग्नु नपर्ने बताउनुभयो ।

१० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताउनुभयो । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुग्नुभएको थियो ।