साझेदारी गर्नुहोस्

नौ दिन नौ दुर्गाको पूजा

यस क्रममा,

पहिलो दिन शैलपुत्री,

दोस्रो दिन ब्रह्मचारिणी,

तेस्रो दिन चन्द्रघण्टा,

चौथो दिन कुष्माण्डा,

पाँचौँ दिन स्कन्दमाता,

छैटौँ दिन कात्यायनी,

सातौँ दिन कालरात्रि,

आठौँ दिन महागौरी र

नवौँ दिन सिद्धिदात्री

देवीको पूजाआराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ।

दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविदको भनाइ छ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ।

दशैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन्।