साझेदारी गर्नुहोस्

इजरायली हवाई हमलाका कारण एक लाख मानिसले लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ।

आइतबारसम्म प्राप्त जानकारीअनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन् । लेबनानी मन्त्री नासेर यासिनका अनुसार सिरिया जाने मानिसमध्ये ३६ हजार सिरियाली र ४१ हजार ३०० लेबनानी नागरिक छन् ।