साझेदारी गर्नुहोस्

असोज र कात्तिक महिना चाडपर्वहरुको महिना मानिन्छ । आम नेपालीहरुको महान पर्व बडादशैं, शुभ दीपावली, नेपाल संवत, छठ पर्व नजिकिंदो छ ।

जसलाई लक्षित गर्दे, थुम्की भिलेज रिर्सोर्टले “फेस्टिभ अफर” सार्वजनिक गरेको छ । चाडपर्वमा रमाउन चाहने महानुभावहरुलाई लक्षित गर्दे “फेस्टिभ अफर” ल्याइएको रिर्सोर्ट व्यवस्थापनले जनाएको छ ।

थुम्की भिलेज रिर्सोर्ट, बल्थलीका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले नेपालीहरुको महान चाडपर्वहरुलाई लक्षित गर्दे रिर्सोर्टले विभिन्न प्याकेजहरु ल्याएको जानकारी दिए ।

न्यौपानेले भने, ‘विशेष गरि हामी नेपालीहरुको दशैं, तिहार जस्ता चाडपर्वमा रमाउने बानी हुन्छ । कार्यालय बिदा पनि हुने भएकाले घुम्न जाने चलन छ । त्यसैलाई लक्षित गरेर हामीले थुम्की रिसोर्टको चाडपर्व लक्षित अफर ल्याएका हौं ।’

थुम्की रिर्सोट व्यवस्थापनका अनुसार, फेस्टिभ अफरमा थुम्की रिसोर्ट जान चाहने ग्राहकहरुलाई लक्षित गरेर ‘लक्जरियस लजिङ र अर्गानिक फुडिङ’ सहितकोे कम्बो प्याकेज बनाइएको छ ।

त्यस्तै, अर्गानिक खाने कुरा प्रदान गर्दे आएको थुम्की रिसोर्टको मेनुमा अझ केही अर्गानक र लोकल फुड आइटमहरु समेत थपिनेछ । यसका अतिरिक्त ग्राहकहरुले शुल्कमा समेत विशेष छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

स्वच्छ र रमणीय वातावरणमा अर्गानिक र लोकल खानेकुराहरु उपलब्ध गराउने कार्यनीति अनुरुप ग्राहक लक्षित सेवा सुविधाहरुमा अझ विविधिकरण गर्दे अघि बढ्ने रिर्सोर्टको योजना रहेको छ ।

थुम्की भिलेज रिर्सोर्ट काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नंं. ११, बल्थलीमा स्थापना भएको रिर्सोर्ट हो । काठमाडौं उपत्यकाबाट नजिकै र गुणस्तरीय सेवा सुविधा प्रदान गर्दे आएका कारण थुम्की रिर्सोर्टले स्थापनाको छोटो अवधिमै आफ्नो अलग ब्रान्ड बनाउन सफल भएको व्यवस्थापनको दाबी छ ।