साझेदारी गर्नुहोस्

भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ ।

यसमा अझै सय जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । उद्धार कार्यमा सेनाको साथसाथै जल सेना पनि खटाइएको छ ।

पहिरो मंगलबार बिहान करिब २ बजे खसेको थियो । त्यसपछि ४ः१० मा फेरि अर्को पहिरो पनि गयो । त्यहाँ करिब २-३ पटक पहिरो गएको बताइएको छ । पहिरोका कारण घाइते भएका १६ जनाको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ ।