साझेदारी गर्नुहोस्

एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो। भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ।

 

भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।