साझेदारी गर्नुहोस्

काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन ।   उत्तम पौडेल नेतृत्वको  नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो |

रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन ।

लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा निरन्तर लागि पर्दै आएकी सानुले प्रतिष्ठित संघ संस्थाहरुबाट थुप्रै अवार्ड एवं सम्मान प्राप्त गरिसकेकी छिन ।

नयाँ नेतृत्व समितिको विवरण

  1. अध्यक्ष: उत्तम पौडेल
  2. वरिष्ठ उपाध्यक्ष: सन्ध्या घताने
  3. उपाध्यक्ष: गोबिन्द गौतम
  4. उपाध्यक्ष: कल्पना सुनुवार
  5. उपाध्यक्ष:राम कुमार नेपाली
  6. महासचिब : गुणराज श्रेष्ठ
  7. प्रबक्ता : खामेस श्रेष्ठ
  8. सचिब : सबिन चौहान
  9. सहसचिब : महेश सुनुवार
  10. कोषाध्यक्ष: संगीता केशी
  11. सह- कोषाध्यक्ष : बबिता पोख्रेल
  12. सदस्य : दिपक लाखे
  13. सदस्य : नकुल प्रसाद गौतम
  14. सदस्य : रिता कार्की
  15. सदस्य : बीरबल माझि

स्थायी थलो रामेछाप घर भएर सांगीतिक क्षेत्रमा लागेकाहरूको उक्त समूहले गीत संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । साथै कलाकारहरूको हक हितको सहित पीडामा परेकाहरूलाई सहयोग समेत गर्ने गरेको छ । कार्यक्रममा समाजले सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो|

समाजको यस अगाडि कुमार कार्कीको अध्यक्षतामा समिति रहेको थियो । उक्त समाजलाई हाल सम्म ४ जना अध्यक्षले हाँकी सकेका छन् भने अहिले बनेको पौडेल नेतृत्वको समिति ५ औ समिति हो |