साझेदारी गर्नुहोस्

असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आउटल : दफा २१९’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको औपचारिक टिजरमा नायक सुशीललाई ‘एङ्ग्री लुक्स‘मा देख्न सकिन्छ ।

फिल्मको मुख्य भूमिकामा सुशील रहेका छन् । टिजरमा उनले चरित्र निर्माणका लागि मिहिनेत गरेको देख्न सकिन्छ । फस्टलुक पोस्टर सार्वजनिक भएसँगै सुशीलको लुक्सलाई लिएर फिल्मको चर्चा छ । उनले फिल्मका लागि ज्यान बनाएको प्रष्ट देखिन्छ।