साझेदारी गर्नुहोस्

सुन्दर देखिनकै लागि बजारमा उपलब्ध नयाँ कस्मेटिक सामग्रीहरु प्रयोग गर्ने गर्छन् । त्यसमा पनि युवामाझ फेसियल लोकप्रिय बन्दै गएको पाइन्छ ।

फेसियल महिलादेखि पुरुष दुवैको रोजाइमा पर्ने गर्छ । अनुहारलाई चम्किलो र फ्रेस राख्न फेसियल गरिन्छ। धूलो, धूवाँका कारण छालामा नराम्रो असरले अनुहारको प्राकृतिक चमक हराउने गर्छ ।

हामी दिनहुँ क्लिनजिङ, मोइस्चराइजर, सनब्लक र नाइट क्रिमहरु लगाउँछौं, त्यो आफ्नो ठाउँमा छ । तर त्यतिले मात्र छाला राम्रो र चम्किलो हुँदैन । फेसियल गर्दा यसले छालाको गहिराइसम्म पुगेर सफा गर्ने र छालालाई चमक दिने काम गर्दछ ।

फेसियल किन गर्ने?
फेसियल हरेक २८ दिनदेखि एक महिनासम्म गर्नुपर्छ । २० वर्ष कटेपछि फेसियल आवश्यक हुन्छ । छालालाई बिग्रिनबाट बचाउन नियमित फेसियल गराउने हो ।


कतिपयले २५ वर्षको कटेपछि मात्र फेसियल गर्नुपर्छ भन्ने गर्छन् तर त्यो गलत हो । कतिपय महिलाको २० देखि २२ वर्षको उमेरसम्म नै अनुहारमा चाउरीपन देखिएको हुन्छ । यस्तो अवस्थामा फेसियल गर्न अत्यन्तै जरुरी हुन्छ । २५ देखि ४५ वर्षको उमेरसँगै ‘एजिङ एज’ सुरु हुँदै जान्छ ।

यस उमेर समूहका व्यक्तिले गर्ने फेसियल फरक छ ।  नियमित फेसियल गर्दा छाला नरम र चम्किलो देखाउँछ । यसले अनुहारको छालामा रक्त प्रवाह बढाउने गर्दछ । फेसियलले अनुहारलाई गोरो देखाउनुका साथै स्वस्थ राख्छ ।